२०८३ आश्विन १६, शुक्रबार

सवारी दुर्घटनामा शिक्षिकाको मृत्यु

२०८३ आश्विन १६, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १६ असोज/मोरङको उर्लाबारी–१ कि स्थित सारदा माध्यमिक विद्यालयकी शिक्षिका नरमाया सुवेदीको सवारी दुर्घटनामा परी बिहीबार मृत्यु भएको छ ।

विद्यालयको काजगात बुझाउन उर्लाबारी नगरपालिकातर्फ जाने क्रममा बुधबार दिउँसो ४ बजे उर्लाबारी–६ सूर्य चौकमा सुवेदी सवार सफारीलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते सुवेदीको विराटनगरको आर्या न्युरो हस्पिटलमा टाउकोको अप्रेसन गरिएको थियो । उर्लाबारी–७ निवासी सुवेदीको आज राति ९ः१५ बजे मृत्यु भएको विद्यालयका प्रधानाध्यापक छत्रप्रसाद अधिकारीले जानकारी दिए ।

यसैबीच उर्लाबारी नगरपालिकाले शिक्षिका सुवेदीको मृत्यु पछि सम्पूर्ण सामुदायिक विद्यालयमा शुक्रबार शोक बिदा दिएको छ।

+ posts

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार