२०८१ भाद्र २४, सोमबार

मदन राईलाई आठ दिन थुनामा राख्न अदालतको अनुमति

२०८० जेष्ठ ७, आईतवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ७ जेठ/ शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक वेनुकुमार कार्कीका अनुसार शुक्रबार जिल्ला अदालतले थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो।

वैशाख २९ गते पक्राउ परेका राईमाथि अनुसन्धान गर्न अदालतले सुरूमा ७ दिने म्याद दिएको थियो।

प्रहरीले अनुसन्धान नसकिएको भन्दै शुक्रबार फेरि उनलाई अदालतमा पेश गरेर म्याद थप्न माग गरेको थियो।

सोही अनुसार अदालतले थप ८ दिन राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले  आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको सेतोपाटीसँग किशोरीहरूले बताएका थिए।

त्यसपछि प्रहरीमा एक बालिकाले राई विरूद्ध जाहेरी दिएकी थिइन्। उक्त जाहेरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार