२०८१ चैत्र १०, सोमबार

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

२०८१ पुष २५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

पोखरा, २५ पुस/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।

जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न प्रहरीले रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंको च:मतिस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगेको थियो।

पोखराको सुर्यदर्शन सहकारीको बचत रकम गैरकानुनी हिसाबले गोर्खा मिडियामा आएको भन्दै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।

सहकारी ठगीमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले निरन्तर प्रतिनिधि सभा अवरोध गरेपछि गत जेठ १५ गते रास्वपासहितको प्रतिनिधित्व हुने गरी संसदीय छानबिन समिति गठन भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार