२०८१ श्रावण ६, आईतवार

पौड्याल पुन : विजयी

२०७९ जेष्ठ ३, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ३ जेठ/मोरङको उर्लाबारी नगरपालिका वडा नं.६ को वडाध्यक्षमा नेपाली कांग्रेसका चिन्तामणी पौड्याल पुन : विजयी भएका छन् ।

निकतम प्रतिद्वन्दी नेकपा एमालेका घनश्याम भण्डारीलाई सात सय २४ मतअन्तरले हराउँदै पौड्याल पुन : दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । कुल खसेको दुई हजार तीन सय छ मत मध्ये पौड्यालले एक हजार दुई सय ६१ र भण्डारीले पाँच सय ३७ मत ल्याएका छन् ।

उर्लाबारी–६ मा कांग्रेसको प्यानल नै विजयी भएका छन् । महिला सदस्यमा दुर्गावती लिम्बु, दलित महिला सदस्यमा पवित्रा विश्वकर्मा, खुल्ला सदस्यमा मानबहादुर धिमाल र वमबहादुर श्रेष्ठ विजयी भएका छन् ।

यसअघि उर्लाबारी–५ को वडाध्यक्षमा एमालेका रविन लामा विजयी भएका थिए । त्यस वडामा वडाध्यक्ष वाहेक वाँकी सबै कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । महिला सदस्यमा देवीकला राई, दलित महिला सदस्यमा रामकुमारी विक, खुल्ला सदस्यमा सुरेश आचार्य र विनोद धिमाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार