२०८२ मंसिर १३, शुक्रबार

पुलमुनि गाडेको अवस्थामा युवकको शव

२०८२ कार्तिक १६, शनिबार
पढ्ने समय : < 1 मिनेट

दमक, १५ कात्तिक/झापा गाउँपालिका वडा नं.५ र बाह्रदशी गाउँपालिका वडा नं.२ को सिमाना हुलाकी राजमार्गको बिरिङ खोलाको पुलमुनि एक युवकको शव भेटिएको छ ।

आफ्नो कारसहित केही दिनदेखि बेपत्ता झापा शिवसताक्षी १० माईधारका सरोज शर्माको शव भेटिएको प्रहरीले जनाएको छ।

कालो प्लास्टिकले बेरिएको शव गन्हाएको अवस्थामा भेटिएको हो । २–४ दिन अगाडी नै मारेर गाडेको हुन सक्ने आशंका गरिएको छ । प्रहरी टोली पुगेर शव गाडिएको ठाउँबाट शव शनिवार बिहान निकालिएको छ ।

शर्माको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय सुनिल साहको घरमा तोडफोड भएको छ ।

हुलाकी मार्गअन्तर्गत बिरिङ पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेपछि आक्रोशित भीडले माईधारका साहको घरमा तोडफोड गरेका हुन् । भीडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ।

यसैबीच शर्माको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन् । हत्या आरोपमा माईधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साह पक्राउ परेका हुन् । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।

शर्माको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । सो घटनामा ४–५ जनाको संलग्नता रहेको आफन्तले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार