२०८३ असार ३२, बिहीबार

उर्लाबारीको बजेट एक अर्ब चार करोड

२०८३ असार १०, बुधबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १० असार/मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को एक अर्ब चार करेड ४४ लाख ६० हजार रुपैयां बराबरको बजेट प्रस्तुत गरेको छ ।

सो नगरपालिकाको १६ औं अधिवेशनअन्तगर्त बुधबार भएको नगरसभामा उपप्रमुख मिना खतिवडाले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाले आन्तरिक आयतर्फ १६ करोड ५९ लाख ३३ हजार छ सय ३५ रुपैयां संकलन गर्ने लक्ष्य लिएको छ भने संघिय सरकारको वित्तिय समानिकरणतर्फ १५ करोड ९३ लाख, विशेष अनुदानतर्फ एक करोड, समपुरक अनुदानतर्फ ५५ लाख तथा सशर्त अनुदानतर्फ २९ करेड ६९ लाख प्राप्त गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी प्रदेश सरकारको वित्तिय समानिकरणतर्फ एक करोड ५० लाख ४६ हजार, सशर्त अनुदानतर्फ तीन करोड ५८ लाख ५१ हजार र समपुरक अनुदानतर्फ ६० लाख प्राप्त गर्ने नगरपालिकाको लक्ष्य छ ।

त्यस्तै प्रदेश सरकार र स्थानीय तहको राजस्व वांडफांडबाट २१ करोड ९४ लाख  २९ हजार ३ सय ६५ रुपैयां प्राप्त गर्ने नगरपालिकाको लक्ष्य छ ।

नगरपालिकाले कृषि विकासका लागि एक करोड ६२ लाख, पशुपन्छी विकासका लागि ८५ लाख १७ हजार र पर्यटन विकासका लागि ४४ लाख गरी आर्थिक विकासका लागि पांच करोड ७६ लाख ८२ हजार रुपैयां विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार