२०८२ जेष्ठ ७, मंगलवार

२९ लाख बराबरको धनमाल चोरी

२०८२ बैशाख १६, मंगलवार
पढ्ने समय : < 1 मिनेट

विर्तामोड, १६ वैशाख/झापाको बिर्तामोडमा सोमबार दिनदहाडै ढोका फोरी २९ लाख बराबरको धनमाल चोरी भएको छ ।

बिर्तामोड नगरपालिका वडा न.४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मुल ढोकाको चाबी फुटाई चोरी भएको हो ।

दराजमा रहेको नगद ७० हजार , सुनको ढिक अन्दाजी ५ तोला,सुनको हातमा लगाउने ब्रासलेट १ थान,सुनको सिक्री थान २ गरी जम्मा ५ तोला , औठी थान २, चन्द्रमा ४ आनी ,सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनी गरी अन्दाजी २९ लाख बराबरको चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार