२०८२ माघ २, बिहीबार

पत्रकार भण्डारीलाई सम्मान

२०८२ पुष ४, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ४ पुष/मोरङको उर्लाबारी-२ स्थित वेतिनी सामुदायिक वन उपभोक्ता समूहले शुक्रबार पत्रकार घनश्याम भण्डारीलाई सम्मान गरेको छ ।

समूहले आफ्नो २३ औं साधारणसभाको अवसरमा पत्रकार भण्डारीलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

त्यस अवसरमा समूहको दुई महिला कर्मचारीलाई पनि सम्मान गरिएको छ ।

कार्यालय सहायक शोभा थापा र सिमसार कर्मचारी नेत्रकुमारी घिमिरेलाई सम्मान गरिएको छ । त्यस अवसरमा ज्येष्ठ उपभोक्ताहरुलाई समेत सम्मान गरिएको समूहका सचिव अर्जुन वास्तोलाले जानकारी दिए ।

समूहका अध्यक्ष भिम राईको अध्यक्षता र नगर प्रमुख गंगा खरेलको प्रमुख आतिध्यतामा भएको साधारण सभामा कोषाध्यक्ष अरुणा थापाले गत आर्थिक वर्ष २०८०/०८१ को एक करोड ३५ लाख दुई हजार ५९३ रुपैयां बराबरको आय व्यय प्रस्तुत गरेकी थिइन ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार