२०८३ भाद्र २, मंगलवार

१२ उत्कृष्ट कृषक सम्मानित

२०८३ असार २६, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २६ असार /मोरङको उर्लाबारी नगरपालिकाले  शुक्रबार १२  जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ ।

नगरपालिकाले कृषि क्षेत्रको प्रवर्द्धन, व्यावसायिक खेतीको विस्तार तथा कृषक  योगदानको कदर गर्दै विभिन्न विधामा उत्कृष्ट कृषक तथा कृषि उद्यमीलाई सम्मान गरेको हो ।

नगरसभाको अवसर पारेर आयोजित कार्यक्रममा तरकारीबाली, फलफूल, खाद्यान्न, तेलहन, च्याउ, मौरी, माछा, घाँस, बाख्रा, गाई, कुखुरा–हाँस तथा बंगुर पालनतर्फ उल्लेखनीय योगदान पुर्‍याउने कृषक तथा कृषि फार्मका सञ्चालकहरूलाई जनही १५ हजार रुपैयां नगद र सम्मानपत्र प्रदान गरिएको हो।तरकारीबाली तथा फलफूल खेतीतर्फ उर्लाबारी–७ स्थित राधा कृषि फार्मका सञ्चालक पदमप्रसाद भण्डारी, उर्लाबारी–९ स्थित एतोसा कृषि फार्मका सञ्चालक तोयानाथ फागो लिम्बु, खाद्यान्न  बालीतर्फ उर्लाबारी–७ का कृषक रमेश निरौला, तेलहन बालीतर्फ उर्लाबारी–२ का कृषक मानबहादुर कार्की, च्याउ खेतीतर्फ उर्लाबारी–७ स्थित आधुनिक च्याउ उद्योगका सञ्चालक टीका बस्नेत सम्मानित भए।

मौरी  पालनतर्फ उर्लाबारी–४ स्थित लेकाली मौरी तथा कृषि फार्मकी सञ्चालक होमादेवी खतिवडा, माछा पालनतर्फ उर्लाबारी–८ की कृषक कविता उदास, घाँस खेतीतर्फ उर्लाबारी–४ स्थित लिङ्देन एग्रिकल्चर हाउसका सञ्चालक जहरमान लिम्बुलाई सम्मान गरिएको थियो। बाख्रा पालनतर्फ उर्लाबारी–२ का कृषक ज्ञानेन्द्र थापा, गाई पालनतर्फ उर्लाबारी–६ स्थित मार्गादेवी गाईपालन फार्मका सञ्चालक प्रकाश खड्का, कुखुरा तथा हाँस पालनतर्फ उर्लाबारी–९ की कृषक फुलमाया राई तथा बंगुर पालनतर्फ उर्लाबारी–४ स्थित माहाभारा कृषि फार्मका सञ्चालक मोहनबहादुर राई सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार