२०८१ भाद्र २४, सोमबार

प्रदेश सभामा शोभा चेम्जोङ पालुङवाको पहिलो मन्तब्य : ‘गरीबको झुपडिमा चुल्हो बाल्ने योजना ल्याउनु पर्छ’

२०७९ फाल्गुन ३, बुधबार
पढ्ने समय : < 1 मिनेट

विराटनगर, ३ फागुन/प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले गरीबको झुपडिमा चुल्हो बाल्ने योजना ल्याउन आवश्यक रहेको बताएकी छन् । शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य सम्प्रभुता र आवास जस्ता जनताका आधारभुत आवश्यकता संविधानले व्यवस्था गरेपनि आम नागरिकहरु अझैपनि मौलिक हकअधिकारबाट बञ्चित रहेको उनले बताइन् ।

प्रदेश नम्बर १ को प्रदेश सभाहलमा बुधबार पहिलो अधिवेशनअन्तर्गत आठौं बैठकको शुन्य समयमा बोल्दै शोभाले भनिन्, ‘प्रदेश संरचनालाई बलियो बनाउनका लागि र आम नागरिकलाई प्रदेश सरकार छ भनेर अपनत्वको भावना जागृत गराउनका लागि गरीबको झुपडिमा चुल्हो बाल्ने योजना ल्याउनुपर्छ ।’

‘स्वास्थ्य नै धन हो’ भनिएपनि आर्थिक अभावका कारण कयौं विमारीहरुले उपचारबाट बञ्चित भई अकालमै ज्यान गुमाउनु परिरहेको उनले बताइन् ।

उनले भनिन,‘अहिलेको यो आर्थिक मन्दीको बेलामा पाँच सय रुपैयाँ आम्दानी गर्न नसकिरहेको अवस्थामा अस्पताल गयो भने सात/आठ लाख रुपैयाँ उपचार खर्च लाग्छ भनेर ती विमारीलाई वाध्यतावश घरमै थन्क्याउनु परिरहेको अवस्था छ, विमारीको स्वास्थ्य उपचारका लागि र कुनैपनि विमारी उपचारबाट बञ्चित नहुने खालको सरकारले योजना ल्याउनुपर्छ ।’

देशको अर्थतन्त्र बलियो बनाउन कृषि महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै उनले कृषी उत्पादन बढाउन र कृषकको जीवनस्तर उकास्न कृषिलाई यान्त्रिकरण र आधुनिकीकरण गर्ने योजना ल्याउनुपर्ने बताइन् ।

देशमा पटकपटक भएको राजनीतिक क्रान्तिले प्रजातन्त्र, पुन : प्रजातन्त्र हुदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् संविधान निर्माण भइसकेकोले अब समृद्धितर्फ अगाडि बढुनुपर्ने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार