उर्लाबारी, ९ वैशाख/असिना पानीले मोरङको उर्लाबारीमा १५ लाख ६० हजार रुपैयां बराबरको खरवुजा क्षति भएको छ ।
पानीसंगै आएको भारी असिनाले उर्लाबारी-६, ७, ८ र ९ मा किसानले लगाएको खरवुजा क्षति भएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी मकै, गहुं र अन्य तरकारी बालीमा पनि असिना पानीले क्षति पुर्याएको छ ।





