२०८२ मंसिर १३, शुक्रबार

अनाथ वालवालिकालाई वनभोज

२०८२ मंसिर ७, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ६ मंसीर/मोरङको उर्लाबारी-७ स्थित नमुना वाल गृह अनाथ आश्रममा आश्रित अनाथ वालवालिकाहरुका लागि शनिबार वनभोज कार्यक्रम आयोजना गरिएको छ ।

ती वालवालिकाहरुलाई सुनसरीको इटहरी-३ स्थित तालतलैयामा लगेर वनभोज खुवाइएको हो ।

उर्लाबारीकी समाजसेवी ममता राना मगर, सविता धिमाल र दिना मगरको पहलमा ती वालवालिकाहरुका लागि वनभोज कार्यक्रम आयोजना गरिएको हो ।

वनभोजका लागि यसवर्ष उर्लाबारी-७ का वविन्द्र आचार्य, दुर्गा गुरुङ ‘मिलन’, आनन्द कार्कीलगायतले सहयोग गरेका थिए ।

वनभोज कार्यक्रममा आश्रम सन्चालक समितिकी अध्यक्ष मीना वरालसहित शुशिला थापा, प्रलाद थापा, खगेन्द्र गुरागाईलगायत पनि सहभागी थिए ।

विगत १० वर्षदेखि नै अनाथ वालवालिकाहरुका लागि वनभोज कार्यक्रम आयोजना गरिदैआएको ममता राना मगरले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार