उर्लाबारी, ११ माघ/मोरङको उर्लाबारी नगरपालिकाले किसानहरुलाई खरवुजा खेती गर्न प्रोत्साहन गरेको छ ।
नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा प्रागांरिक मल, वीउ, प्लास्टिकको मल्चिङ, फेरोमेन ट्रयाप, भिटामिन, गुमुजलगायतका सामाग्री सहयोग गरेर खरवुजा खेती गर्न प्रोत्साहन गरेको हो ।
हाल खरवुजा खेती गर्ने किसानहरुको संख्या बढेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।





