२०८२ कार्तिक ३०, शनिबार

लोकतन्त्रवादी आदिवासी जनजातिको वैठकको निश्कर्ष-गुटबन्दी होइन जुटबन्दी

२०८२ श्रावण ७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

बसन्तपुर, ६ साउन/नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी   आदिवासी जनजाति महासंघ कोशी प्रदेशको दोस्रो बैठक मंगलबार तेह्थुमको बसन्तपुरमा सम्पन्न भएको छ ।

लालिगुरांस नगरपालिका वडा नं २ स्थित सामुदायिक भवनमा आयोजित बैठकमा सहभागीहरुले लोकतान्त्रिक राज्य व्यवस्थालाई वलियो वनाउन आदिवासी जनजातिबीचको एकतालाई जोड दिएका छन् ।

महासंघ कोशी प्रदेश अध्यक्ष भेदप्रसाद फागो (भेषराज) को अध्यक्षतामा भएको बैठकमा सहभागीहरुले आदिवासी जनजातिको भाषा, लिपि, संस्कार र संस्कृतिको विकासका लागि प्रभावकारी भूमिका अपरिहार्य रहेको औंल्याएका छन् ।

बैठकमा सहभागीहरुले आपसमा फुटेर होइन जुटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा महासंघका तेह्थुम अध्यक्ष गोविन्द मादेम्बा, संखुवासभा उपाध्यक्ष लक्ष्मी लिम्बु, लालिगुरांस अध्यक्ष दिलकुमार गुरुङ, प्रदेश सदस्य राम लिम्बुलगायतले धारणा राखेका थिए ।

बैठकमा कार्यसमिति सदस्यहरुलाई सफथसहित प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

महासंघकी प्रदेश सचिव निर्मला गुरुङले सन्चालन गरेको बैठकमा उपाध्यक्ष पम्फा धिमालले स्वागत मन्तब्य राखेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार