२०८२ फाल्गुन २१, बिहीबार

आज देशका अधिकांश भागमा वर्षा हुने

२०८२ असार १८, बुधबार
पढ्ने समय : < 1 मिनेट
उर्लाबारी, १८ असार/देशका अधिकांश भागमा बुधबार वर्षा हुने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर साधारणतया बदली रहने कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार