२०८२ आश्विन २८, मंगलवार

युवा शक्ति

२०८२ आश्विन १९, आईतवार
पढ्ने समय : < 1 मिनेट

आजका युवा देशका खम्बा आर्थिक पथमा
मानव स्रोत पाइन्छ बढ़ी युवा जमातमा
नगर धोका राज्य अव त श्रम पलायनमा
देश हुँनेछ कंगाल हेर क़ानूनी त्रुटिमा !
राज्यको स्रोत साधन सबै त्यसै खेर गा’छ
ऊल्लुको हात नरीवल झै अझै सुस्तता छ
केहि ऊपज प्राप्त भए नि भ्रष्टकै हात छ
कसरी भनौं जनता हामी देश ऊन्नत छ !
प्रकृति क्यैलै दोषी हुँदैन हामी कलंकित छौं
माल पाएर चाल नजान्ने अझै अज्ञानी छौं
नेपाली युवा त्रसित छन राज्य पछि पर्दा
विकास छैन सबै विक्षिप्त ऊद्यमी हुन् खोज्दा!

नेपाल हाम्रो विश्वमा धनी प्रकृति स्रोतमा
दुर्भाग्य हाम्रो आर्थिक पक्ष रूग्ण छ पंक्तिमा
विकास मार्ग अघि बढ़ेन पूर्वाधार खै छ
सड़क रेल पर्याप्त छैन महँगी व्याप्त छ !
देशका आज युवा जनमा उत्साह चाहिन्छ
सबैले हामी उद्यमी बन्न कम्मर कस्नु छ
जापान हेर कच्चा वस्तुमा पछि पर्दा पनि
सबैको श्रम उत्साह बढ़्दा विश्वमा छ धनी !

अस्तु:-

कवि डन कार्की क्षेत्री
रतुवा माई नपा वडा नं ९ मोरंग
हाल लस् एन्जेलस क्यालि
युएसए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार