उर्लाबारी, १३ असोज/भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
राजधानीको ट्रमा सेन्टरमा उपचार गराइरहेका नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का ३६ वर्षीय लक्ष्मण राईको सोमबार मृत्यु भएपछि उक्त संख्या पुगेको हो ।
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनलाई टाउकोमा गोली लागेर घाइते भएका थिए।