२०८२ आश्विन २८, मंगलवार

टोखामा एक युवकको हत्या, २ जना पक्राउ

२०८२ आश्विन २४, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ, २४ असोज/काठमाण्डौको टोखा  नगरपालिका वडा न २ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ ।

चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।

उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार