२०८२ आश्विन २८, मंगलवार

अरनिको हस्पिटलले गर्यो चार लाखको सहयोग

२०८२ आश्विन २, बिहीबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २ भदौ/अरनिको हस्पिटलले बिहीबार उर्लाबारी नगरपालिका वडा नं.९ को कार्यालयलाई एक एक थान कम्पयुटर र प्रिन्टर सहयोग प्रदान गरेको छ।

हस्पिटलका अध्यक्ष लोलिम पोमुले कार्यालयमै पुगेर उक्त सामग्री सहयोग उपलब्ध गराएका हुन् ।

हस्पिटलले वडा नं.७ को कार्यालयलाई पनि एक थान कम्पयुटर सहयोग गरेको छ ।

हस्पिटलले उर्लाबारी-७ वरगाछी सरसफाई समूहलाई पनि ५० थान टिशर्ट सहयोग गरेको छ ।

हस्पिटलले यस वर्ष करिब चार लाख रुपैयां बराबरको सहयोग गरेको अध्यक्ष पोमुले जानकारी दिए ।

यसअघि हस्पिटलले उर्लाबारी र पथरीमा मोची पेशा गर्दैआएका १२ जनालाई ठूलो खालको छाता र ज्याकेट सहयोग गरेको थियो ।

त्यसैगरी सो हस्पिटलले इलाका प्रहरी कार्यालय उर्लाबारीलाई ३२ ईन्चको दुई थान टेलिभिजन, दुई थान स्टेण्ड फेन र आठ थान सिलिंग फेन सहयोग प्रदान गरेको थियो ।

हस्पिटलले निकट भविष्यमै उर्लाबारी नगरपालिकालाई पनि सहयोग गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार