२०८२ आश्विन २८, मंगलवार

उर्लाबारीमा दुई हजार धावक एकसाथ दौडदैं

२०८२ भाद्र १३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १३ भदौ/मोरङको उर्लाबारीमा दुई हजार धावक एकसाथ दौडदैं छन् । संविधान दिवसको अवसरमा नेपाल र भारतका धावकहरुले उर्लाबारी रनमा प्रतिस्पर्धा गर्दैछन् ।

सामुदायिक विकास मन्चले शुक्रबार पत्रकार सम्मेलन गरी उर्लाबारी रन २०८२ को बारेमा जानकारी दिएको हो ।

१२ वर्ष मुनी, १६ वर्ष मुनी, १६ देखि ४० र ४० वर्ष माथि उमेर  (भेट्रान) समूहलाई छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने मन्चका अध्यक्ष प्रेम वोहोराले जानकारी दिए ।

प्रत्येक उमेर समूहमा महिला र पुरुषको छुट्टाछुट्टै दौड हुनेछ ।

१६ देखि ४० उमेर समूहका महिला तथा पुरुष प्रतिस्पर्धामध्ये प्रथम हुनेलाई ३१ हजार, द्वितिय हुनेलाई १६ हजार र तृतीय हुनेलाई ११ हजार पुरस्कार प्रदान गरिनेछ ।

भेट्रानतर्फ प्रथम हुनेलाई १५ हजार, द्वितिय हुनेलाई सात हजार र तृतीय हुनेलाई पांच हजार पुरस्कार प्रदान गरिनेछ ।

१६ वर्ष मुनीका महिला तथा पुरुष प्रतिस्पर्धामध्ये प्रथम हुनेलाई सात हजार, द्वितिय हुनेलाई पांच हजार र तृतीय हुनेलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।

१२ वर्ष मुनी उमेरका भने उर्लाबारी नगर क्षेत्रमा वसोवास गरेको हुनुपर्ने र यो उमेर समूहका प्रथम हुनेलाई पांच हजार, द्वितिय हुनेलाई तीन हजार र तृतीय हुनेलाई एक हजार पुरस्कार प्रदान गरिने वोहोराले वताए ।

रन सम्पन्न गर्न स्थानीय घ्रुवचन्द्र पराजुलीलाई संयोजक वनाइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार