उर्लाबारी, २१ असोज/मोरङको उर्लाबारी नगरपालिकाले सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
सन्चार क्लव नेपालको सहकार्यमा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक अवधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख गंगाप्रसाद खरेलले सामाजिक, आर्थिक, विकास निर्माणलगायत बिविध पक्षका वारेमा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।
नगरपालिकाले नियमित रुपमा चौमासिक तरिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्दै आएको छ ।