२०८२ कार्तिक ३०, शनिबार

अमेरिकामा गोली हानी दुई इजरायलीको हत्या

२०८२ जेष्ठ ११, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १० जेठ/अमेरिकाको वासिङ्टनस्थित एक यहुदी संग्रहालय बाहिर इजरायली दूतावासका दुई जना कर्मचारीको गोली हानी हत्या गरेको छ ।

अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले उक्त घटनाको पुष्टि गरेका छन् । आक्रमणमा परी एक जना पुरुष र एक जना महिला कर्मचारीको मृत्यु भएको हो । आक्रमणको समयमा दुवै जना यहुदी संग्रहालय बाहिर थिए ।

गोलीबारी स्थानीय समय अनुसार राति ९ बजेको आसपास भएको थियो । धेरै पर्यटक स्थल, संग्रहालय तथा सरकारी भवनहरू भएको क्षेत्रमा गोलाबारी भएको हो ।गोलाबारीको समयमा संग्रहालयमा आयोजित एक कार्यक्रममा इजरायली दूतावासका धेरै कर्मचारीहरू सहभागी थिए ।

सुरक्षामन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा लेखेका छन्-घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न अपराधीलाई कानुनी कठ्घरामा ल्याएर पीडित परिवारलाई न्याय दिनेछौं ।

संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले उक्त घटनालाई ‘यहुदी विरोधी आतंकवादकी हमला भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार