२०८१ भाद्र २४, सोमबार

‘म भुईं मान्छे हुँ, अर्काको सम्पतिमा लोभ गर्दिन’–कुशल लिम्बु

२०७९ कार्तिक २८, सोमबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, २८ कात्तिक/माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् मोरङ क्षेत्र नं.१ (१) बाट प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार कुशल लिम्बुले आफू ग्रामीण परिवेशमा जन्मे हुर्केको भुईं मान्छे भएको र अर्काको सम्पतिमा कहिल्यै लोभ नगर्ने बताएका छन् ।

‘म भुईं मान्छे हुँ, मेरो घर यही मिक्लाजुङ हुँ’, सोमबार मोरङको उर्लाबारी–८ दुर्गापुरीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै लिम्बुले भने ।
निवर्तमान प्रदेश साँसद समेत रहेका लिम्बुले सडक, कुलो, मन्दिर, नदी नियन्त्रणलगायतमा बजेट विनियोजन गरी जनभावनाको कदर गरेको बताए । यस क्षेत्रको विकास र समृद्धिका लागि आफू कहिल्यै बाधक नुहने बताउँदै उनले आफूलाई सँधै यस क्षेत्रका जनताको माया र साथ रहने आशा व्यक्त गरे ।

आफू अन्तिमपटक प्रदेश सभा सदस्यको उम्मेदवार बन्न लागेको जानकारी दिँदै लिम्बुले भूमिहिन र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा दिलाउन आफूले कोशिस गरिरहेको बताए । मंसीर ४ गतेको आम निर्बाचनमा गठबन्धनले दुई तिहाई बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै लिम्बुले त्यसपछि नेपाल विकासको युगमा प्रवेश गर्ने बताए ।


सोही अवसरमा कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्यकी उम्मेदवार शोभा चेम्जोङ पालुङ्वाले यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन् । प्रतिनिधि सभामा डिगबहादुर लिम्बु र प्रदेश सभामा कुशल लिम्बुलाई मतदान गर्न उनको सुझाव छ ।


त्यसैगरी नेकपा एकीकृत समाजवादीकी समानुपातिक प्रदेश सभा सदस्यकी उम्मेदवार विद्या चाम्लिङले राष्ट्रिय आवश्यकताअनुरुप गरिएको गठबन्धनका उम्मेदवारलाई नै जिताउन सके मुलुकमा समृद्धि र स्थायी शान्ति कायम हुने बताइन्् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार