२०८२ बैशाख ६, शनिबार

अरनिको हस्पिटलमा डा. भुवन थापाद्धारा सेवा सुरु

२०७९ पुष २७, बुधबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २७ पुष/मोरङको उर्लाबारी नगरपालिका वडा नं.५ स्थित अरनिको हस्पिटलमा डा. भुवन थापाले सेवा सुरु गरेका छन् ।

हस्पिटलमा डा. थापाले ईण्डोस्कोपी सेवा प्रदान गर्न सुरु गरेका छन् ।  डा. थापाले फोक्सो तथा श्वासप्रश्वास सम्बन्धि रोग, मुटु सम्बन्धि रोग, थाइराइड ग्रन्थीको रोग, मधुमेह, कलेजो, पेट तथा आन्द्रा, नसा तथा टाउकोलगायतको रोग सम्बन्धि उपचार तथा परामर्श सेवा सुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समाजमा ब्याप्त स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्ने र निरोगी समाज निर्माणको अभियानमा निरन्तर लागि पर्ने डा. थापाको भनाई छ ।

मोरङमा विराटनगरबाहिर पहिलो पटक अरनिको हस्पिटलमा ईण्डोस्कोपी सेवाको सुरवात गरिएको थियो । यो सेवा सुरुवात भएपछि पूर्वी मोरङसहित दक्षिणी इलाम, धनकुटा र झापाका विरामीहरु लाभान्वित भएको हस्पिटलका अध्यक्ष लोलिम पोमुले बताए । डा. थापाका अनुसार ईण्डोस्कोपीबाट पेट तथा आन्द्राको ट्युमर र क्यान्सर, अन्ननली र आन्द्रा साँघुरिएको, अल्सर, आन्द्रा अवरोध, अन्ननलीमा रक्तनली सुन्निएको लगायतका रोगको पहिचान हुनेछ ।

२०७० सालमा स्थापना भएको सो हस्पिटलले आकस्मिक सेवा, विशेषज्ञ डाक्टरबाट ओपिडि सेवा, हाडजोर्नी, फिजिसियन, रेडियोलोजिष्ट, सर्जन, वालरोग, महिला, छालारोग, नाक कान घाँटी, ,आमा सुरक्षा कार्यक्रम, फिजियोथेरापीलगायतको सेवा रहेको छ । सो हस्पिटलले स्थानीय सरकारको सिफारिसमा गरिव तथा बिपन्न वर्गका विरामीलाई निःशुल्क उपचार सेवा समेत दिँदै आएको छ भने बिमा कार्यक्रम पनि लागु रहेको छ । हस्पिटलमा दैनिक ४ सय बढीले स्वास्थ्य सेवा लिँदै आएको जनाइएको छ । हस्पिटलमा विशेषज्ञ डाक्टरसहित ८० जना कर्मचारीहरु रहेका छन् । उर्लाबारी नगरपालिका–५ मा अवस्थित अरनिको हस्पिटलमा डा. भुवन थापाले सेवा सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार