२०८१ माघ २९, मंगलवार

एचपिभि खोप सम्पन्धी अभिमुखिकरण गोष्ठी

२०८१ माघ २०, आईतवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २० माघ/मोरङको उर्लाबारी नगरपालिका वडा नं.८ मा एच.पि.भि. खोप अभियान २०८१ अन्तर्गत वडास्तरीय बैठक तथा अभिमुखिकरण गोष्ठी आइतबार सम्पन्न भएको छ ।

उर्लाबारी–८ का जनप्रतिनिधि, राजघाट स्वास्थ्य चौकी सञ्चालन तथा ब्यबस्थापन समितिका पदाधिकारी, बिद्यालयका प्रध्यानध्यापक तथा अन्य सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा राजघाट स्वास्थ्य चौकीका ईञ्चार्ज जनस्वास्थ्य अधिकृत सन्दिप नयोङ्गले सहजीकरण गर्दै ह्युमन प्यापिलिमा भाइरस(एच.पि.भि.)का कारण पाठेघरको क्यान्सर भई नेपालमा मात्र हरेक दिन चार जना महिलाको ज्यान जाने गरेको जानकारी दिए । एच.पि.भि.को संक्रमणबाट बचाउन यस अभियानअन्तर्गत वडाका ३६८ जना किशोरी/छात्राहरुलाई एच.पि.भी.खोप लगाइने पनि उनले जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता गरेका उर्लाबारी–८ का वडाध्यक्ष कुलबहादुर कार्कीले खोप अभियानका बारेमा धारणा राख्दै भने, ‘खोप निशुल्क पाइन्छ, सुरक्षित छ र यसले जीवन पनि बचाउने भएकोले म लक्षित बर्ग सबैलाई लगाउन अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार