२०८३ आश्विन ३, शनिबार

माथिल्लो त्रिशूली– १ मा थप ११ शव फेला

२०८३ आश्विन ३, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ३ असोज/माथिल्लो त्रिशूली– १ मा शनिबार थप ११ वटा शव फेला परेको छ ।

नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला पारेको हो ।उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी जारी छ ।उक्त टनेलमा थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

 

+ posts

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार