२०८१ माघ २९, मंगलवार

तारा एयरको जहाज दुर्घटना भएको क्षेत्रबाट २१ शव फेला

२०७९ जेष्ठ १६, सोमबार
पढ्ने समय : < 1 मिनेट

मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजमा सवार रहेका २२ मध्ये २१ जनाको शव फेला परेको छ।

थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार जहाज दुर्घटनामा परे पनि सोमबार बिहान फेला पारिएको थियो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २१ जनाको शव फेला परेको जानकारी दिए। सो जहाजमा तीन जना चालक दलसहित २२ जना सवार थिए।

त्यसमध्ये एक जनाको शव भने खोज्ने काम भइरहेको उनले बताए। १० जनाको शव कोवाङमा ल्याइसकेको छ।

शवलाई पोखरा वा काठमाडौं ल्याउने प्रशासनको तयारी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार