२०८२ फाल्गुन १८, सोमबार

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ असार १०, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १० असार/मनसुनी वायुको मौसमका कारण मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाव्दारा आज जारी बुलेटिनका अनुसार कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार