२०८१ माघ २९, मंगलवार

महिला र पुरुषलाई समान अवसर दिनुपर्छ : शोभा चेम्जोङ पालुङवा

२०८० फाल्गुन १९, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १९ फागुन/कोशी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले महिला र पुरुषलाई समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिएकी छन् । पुरुष सरह महिलाले पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने बताउँदै उनले समानताको खाँचो औल्याएकी हुन् ।

मोरङको उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिर व्यवस्थापन समितिको शनिबार आयोजित २४ औं चुनावी साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
दुर्गादेवी भनेको महिला शक्ति भएकोले यस मन्दिरमा महिला नेतृत्व आवश्यक पर्ने उनको भनाई छ । मन्दिरमा विधान संशोधन गरेर भएपनि महिला र पुरुषलाई पालैपालो नेतृत्व दिनुपर्ने उनको सुझाव छ ।

उनले भौतिकवादसँगै अध्यात्मवादको पनि उत्तिकै महत्व रहेको प्रष्ट्याइन् । अध्यात्मिक ज्ञानले न्याय र समानतालाई जोड दिने उल्लेख गर्दै उनले भनिन्, ‘अध्यात्मवादले नै आपसी भाइचारा, बन्धुत्व, पारस्परिक सम्बन्ध र सदभाव कायम राख्छ ।’

सर्वसहमतबाटै मन्दिर व्यवस्थापन समिति गठन गर्न उनले सुझाव दिइन् । सर्वसहमतीबाट बनेको समितिले मन्दिरको विकासमा योगदान पुर्याउने उनले बताइन् ।
समितिका अध्यक्ष केदार रिजालको अध्यक्षता र नेपालका प्रथम जगत गुरु वालसन्त मोहनशरण देवाचार्यको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार