२०८१ माघ ४, शुक्रबार

उर्लाबारीमा कावेली सहकारी स्थापना

२०७९ जेष्ठ १२, बिहीबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १२ जेठ/मोरङको उर्लाबारीमा बिहीबारदेखि  कावेली बहुउद्देश्यीय सहकारी संस्था सन्चालन गरिएको छ ।  नगर प्रमुख गंगाप्रसाद खरेलले सो सहकारी संस्थाको उद्घाटन  गरे ।

उनले सहकारीलाई उत्पादकमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । ‘पैसा बचत गर्ने, ऋण मात्रै दिएर प्रगति हुदैन’ नगर प्रमुख खरेलले भने, -‘उत्पादनमुलक क्षेत्रमा लगानी गरेर सदस्यहरुलाई मुनाफा दिन सक्नु पर्छ ।’

कार्यक्रममा प्रदेश १ को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अधिकृत तोयानाथ तिम्सिनाले सहकारीको नीति, नियम ऐनमा रहेर शेयर सदस्यको हितमा काम गर्न सुझाब दिए ।

कार्यक्रममा सहकारीका सञ्चालक प्रतिनिधि सुवास पौडेलले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको वताए ।

सो संस्थामा उर्लाबारी,  रतुवामाई, सुनवर्षी, पथरीशनिश्चरे, बेलबारी, कानेपोखरी र सुन्दरहंरैचाका एक सय २५ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार