२०८१ चैत्र १०, सोमबार

अमेरिकी सेनाको विमान दुर्घटना

२०७८ चैत्र ५, शनिबार
पढ्ने समय : < 1 मिनेट

चारजना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ ।

“नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानका बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्यांकन गरिरहेको छ,” अमेरिकी मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन् । यसअघि, नर्वेली उद्धार केन्द्रले खोजीकार्य जारी रहेको जनाएको थियो । “अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धारकार्यमा सहयोग गरिरहेको छ,” प्रवक्ताले भने । अमेरिकी मरिन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार