२०८२ कार्तिक ३०, शनिबार

केविआई फाउण्डेशनद्वारा ५६ वालवालिकालाई पाठ्यपुस्तक सहयोग

२०८२ जेष्ठ १७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १६ जेठ/केविआई फाउण्डेशनले शुक्रबार मोरङको उर्लाबारी-९ आमबाडीस्थित सार्वजनिक माध्यमिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई पाठ्यपुस्तक सहयोग गरेको छ ।

फाउण्डेशनले सो विद्यालयमा नर्सरीदेखि कक्षा तीनसम्म अंग्रेजी माध्याममा अध्ययनरत ५६ जना विपन्न वालवालिकाहरुलाई सहयोगस्वरुप पाठ्यपुस्तक वितरण गरेको हो ।

कक्षा-३ का ११, २ का आठ, १ का १३ र नर्सरीका १५ जना वालवालिकाहरुलाई पाठ्यपुस्तक वितरण गरेको विद्यालयले जनाएको छ ।

उक्त सामग्री फाउण्डेशनका प्रतिनिधि सुरेन्द्र लिम्बु सहित उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा र नगर शिक्षा समिति सदस्य सुरेन्द्र सेर्माले वालवालिकाहरुलाई पालैपालो  हस्तान्तरण गरेका थिए ।

२०७५ सालमा उर्लाबारी-९ भुटेपुल घर भइ संयुक्त अधिराज्य (युके) मा कार्यरत कशलवती तुम्बाहाङफे,भीम पन्धाक र हङकङमा कार्यरत इन्द्र खापुङले संयुक्तरुपमा स्थापना गरेको केविआई फाउण्डेशनले सार्वजनिक मावि र प्रभात आधारभुत विद्यालय खोपीडांडामा अध्ययनरत वालवालिकाहरुलाई शैक्षिक सहयोग प्रदान गर्दैआएको छ । 

फाउण्डेशनको यस किसिमको सहयोगले ती विद्यालयमा अध्ययनरत विपन्न समुदायका वालवालिकाहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

यसैवीच पथरीशनिश्चरे साझेदारी वन उपभोक्ता समूहले पनि सार्वजनिक माविमा अध्ययनरत २९ जना वालवालिकाहरुलाई स्कुल व्याग सहयोग प्रदान गरेको प्रधानध्यापक अखिलेस साहले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष अमर सेलिङको अध्यक्षतामा भएको कार्यक्रममा वालकक्षादेखि कक्षा पांचसम्म अध्ययनरत दलीत, गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार