२०८२ फाल्गुन १८, सोमबार

कैलालीमा चल्यो गोली, दुई जना नियन्त्रणमा

२०८२ जेष्ठ ३०, बिहीबार
पढ्ने समय : < 1 मिनेट

टिकापुर, २९ जेठ/कैलालीमा प्रहरीले बिहीबार दिउंसो गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ।

ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंहले जानकारी दिए।

उनका अनुसार भजनी गाउँपालिका वडा नम्बर ७ मा गोली चलेको हो।

गोली चलाएर प्रहरीले रिदम ढुंगाना र मिलन चन्दलाई पक्राउ गरेको हो। उनीहरूको खुट्टामा चोट लागेको छ।

प्रहरीले सुरूमा दुई राउण्ड हवाई फायर गरेको थियो भने त्यसपछि उनीहरूमाथि प्रहार गरेको थियो।उनीहरूले गत जेठ १२ गते टिकापुरमा एक जना पुरूषमाथि खुकुरी प्रहार गरेको आरोप छ। खुकुरी प्रहारबाट घाइते भएका ती पुरूषको उपचार पछि डिस्चार्ज भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार