२०८२ आश्विन २८, मंगलवार

अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई चौथो स्टेजको प्रोस्टेट क्यान्सर

२०८२ जेष्ठ ६, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ५ जेठ/अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ।

बाइडेनको सचिवालयले आइतबार वक्तव्य जारी गरी उनलाई आक्रामक खालको प्रोस्टेट क्यान्सर पुष्टि भएको जानकारी दिएको हो।

पिसाबमा समस्या भएर जाँच गराउन जाँदा प्रोस्टेटमा सानो गाँठो भेटिएको थियो। चिकित्सकहरूले यो अत्यन्त आक्रामक रहेको र स्टेज ४ मा रहेको बताएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

यो शरीरका हड्डी र अन्य भागमा पनि फैलिएको चिकित्सकहरूले बताएका छन्।

‘यो क्यान्सर हर्मोन अत्यन्तै संवेदनशील छ। औषधीले नियन्त्रण गर्न सकिन्छ,’ बाइडेनको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

८२ वर्षीय बाइडेन र उनका परिवार चिकित्सकहरूसँग उपचार विकल्पहरूबारे  सल्लाहमा छन्।

विशेषज्ञहरूले यस्तो क्यान्सर निको नभए पनि औषधीको सहायताले ५ देखि १० वर्षसम्म बचाउन सकिने बताएका छन्।

‘अहिलेको औषधीले यस्ता बिरामीको आयु पहिलेभन्दा धेरै बढेको छ,’ ड्युक युनिभर्सिटीका डा. जड मौलले न्युयोर्क टाइम्ससँग भनेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार