२०८२ फाल्गुन २१, बिहीबार

जेनजी आन्दोलनमा १९ मृत्यु, ३४७ घाइते, गृहमन्त्रीले दिए राजिनामा

२०८२ भाद्र २३, सोमबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, २३ भदौ/सामाजिक सन्जाल वन्द विरुद्ध र शासकीय व्यवस्था परिवर्तनको माग राख्दै सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरीको गोली लागि हालसम्म १९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।

यसैबीच गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।

मृत्यु भएकाहरूको हालसम्म प्राप्त नामावली

श्रीराम चौलागाईं – ग्लोबल कलेजमा अध्ययनरत (१९ वर्ष)

सुलभ राज श्रेष्ठ– बाँके (२१ वर्ष)

बुद्धि तामाङ– कीर्तिपुर (४२)

नाम नखुलेका अन्दाजी २७–२८ वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २८–३० वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

नाम नखुलेका अन्दाजी २९–३० वर्षका पुरुष

ट्रमा सेन्टरमा उपचारत घाइतेहरूको नामावली :

१. निकेश रिजाल– बर्दिया (२३ वर्ष)

२. हरि अधिकारी– जुम्ला (२६ वर्ष)

३. पवन खड्का– महाराजगञ्ज (२१ वर्ष)

४. सुर्य राई– सिन्धुपाल्चोक

५. सौरभ कठायत– धनगढी (१९ वर्ष)

६. हरि अधिकारी– जुम्ला (१७ वर्ष)

७. सन्देश प्रधान– नवलपरासी (२७ वर्ष)

८. आशुतोष बस्नेत– इटहरी (१९ वर्ष)

९. सौरभ गौतम– भोजपुर (२० वर्ष)

१०. रोशन रेग्मी– गोरखा (१८ वर्ष)

११. रुपेश कार्की– भक्तपुर (२७ वर्ष)

१२. हरि बहादुर शाही– प्रहरी हवल्दार, जाजरकोट

 १३. कुमार लार्मा– प्रहरी हवल्दार– दोलखा

१४. प्रकाश बोहरा– दैलख (२९ वर्ष)

१५. हरिहर सिलवाल–मैंपी, काठमाडौं (५२ वर्ष)

१६. नेत्र विक्रम थापा–पर्सा (३० वर्ष)

१७. दिलिप कुमार भुजेल–गाइघाट, उदयपुर (२६ वर्ष)

१८. नविन तामाङ– सिन्धुली (२२ वर्ष)

१९. मदन कार्की– सिन्धुली (२२ वर्ष)

२०. पहिचान नखुलेको

२१. अस्बिन राई– खोटाङ (२२ वर्ष)

२२. अनिल तामाङ– दोलखा (१९ वर्ष)

२३. मुकेश अवस्थी– डडेलधुरा (२२ वर्ष)

२४. जान्ती सिंह ठकुरी– कञ्चनपुर (२१ वर्ष)

२५. राजेन्द्र साउद– अछाम (२५ वर्ष)

२६. नाम नखुलेका

२७. नोर्बु तामाङ– सिन्धुपाल्चोक (१७ वर्ष)

२८. निक मगर– कीर्तिपुर (३३ वर्ष)

२९. पवन शाही– कालिकोट (२६ वर्ष)

३०. लिजा अधिकारी– मोरङ (२० वर्ष)

३१. भावना पौडेल– विवरण नखुलेको

३२. समिर लामा– हेटौंडा (२२ वर्ष)

३३. प्रकाश धामी– कैलाली (२७ वर्ष)

३४. सही अहमद– चन्द्रागिरी, काठमाडौं (२० वर्ष)

३५. कपिल श्रेष्ठ– काठमाडौं (३० वर्ष)

३६. विजय अधिकारी– रुकुम (२२ वर्ष)

३७. रुपेश कार्की– दोलखा (२७ वर्ष)

३८. सुहानी श्रेष्ठ–बर्दिया (१९ वर्ष)

३९. अबिक तन्डुकार– काठमाडौं (२२ वर्ष)

४०. अविषेक भण्डारी– बझाङ (१७ वर्ष)

४१. आयमान मगर– धरान (२३ वर्ष)

४२. सागर भटराई –झापा (२१ वर्ष)

४३. परिचय नखुलका व्यक्ति

४४. सन्देश प्रधान– नवलपरासी (२० वर्ष)

४५. सोम शर्मा– बागलुङ (३० वर्ष)

४६. ईश्वर धकाल– कपुरधारा (२० वर्ष)

४७. सितेशजंग परियार– काठमाडौं (२२ वर्ष)

४८. समु धकाल– काठमाडौं (३७ वर्ष)

४९. लुसन सुब्बा– झापा (२१ वर्ष)

५०. नबिन श्रेष्ठ–संखुवासभा (१९ वर्ष)

५१. साहिल अहमद– काठमाडौं (२० वर्ष)

५२. केशव अधिकारी– (३२ वर्ष)

५३. सन्तकुमार महतो–

५४. आसुतोष झा– काठमाडौं (२० वर्ष)

५५. रोशन पराजुली– काभ्रे (२६ वर्ष)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार