२०८२ आश्विन २८, मंगलवार

भ्रष्टाचार रोक्न डिजिटल भुक्तानी

२०८२ भाद्र ३०, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ३० भदौ/डिजिटल भुक्तानी गरेमा भ्रषटाचार रोक्न सकिने नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले बताएकी छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि एक हजार र पाँच सयका नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने उनले सुझाव दिएकी छन्।

जेन-जी आन्दोलनपछि विभिन्न व्यक्तिहरुको घरमा ठूलो परिमाणको नगद फेला परेको प्रसंग उल्लेख गर्दै उनले यस्तो सुझाव दिएकी हुन्। नोटबन्दीअघि चार महिनासम्मको तयारी समय दिनुपर्ने उनले सुझाव समेत दिएकी छन्। यसबाट केही हदसम्म भ्रष्टाचार रोक्न सहयोग पुग्ने उनको विश्वास छ।

अध्यक्ष ज्ञवालीले आपतकालीन अवस्थामा प्रतीकात्मक घोषणाले मात्र नपुग्ने भन्दै व्यवहारिक कार्यको आवश्यकता रहेको बताएकी छन्। उनले नेतृत्वलाई जनताको चुल्होमा बस्ने रोटीको पीडा बुझ्ने, किसानको पसिनामा भविष्यको बीज देख्ने र युवाको सपना पूरा गर्ने बाटो खोल्ने जिम्मेवारीका रूपमा चित्रण गरेकी हुन्। गाउँदेखि सहर, पर्व-उत्सवदेखि दुख-सुखसम्म नेताहरुले जनताको साथमा रहेको भाव देखाउनुपर्ने उनको जोड छ।

शिक्षामा सुधार, सीप विकास, महिलाको सशक्तीकरण, युवालाई रोजगारी र व्यवसाय विस्तारमार्फत नेतृत्वले ठोस परिणाम दिनुपर्ने उनले उल्लेख गरेकी छन्। प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले मन्त्रीहरुको चयनमा जनताको खुशी र सेवालाई प्राथमिकता दिन र कुर्सीको शक्ति होइन, सेवाको जिम्मेवारी बोक्ने व्यक्तिलाई छान्न सुझाएकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार