
धानबालीमा आउने मुख्य झारपातहरु :
काने
गुलाबफूल
जलकुम्भी
कुरकुर
निलो नलुके
पिर
गन्धे
थुकभार भृँगीराज
लाटोघाँस
कुल्फासाग
धानबालीमा आउने साँगुरोपात जातका झारपातहरु :
कोथे
दुबो
साँवा
झिरुवा
बन्सो
सुइरो
गोडमेल तथा केहिनको प्रयोगबाट झार व्यवस्थापन निम्न अनुसार विधिको प्रयोग गरी झारलाई उचित व्यवस्थापन गरी उच्च उत्पादन लिन सकिनेछ :
१. शुद्ध बीउ र झार रहित ब्याड :
झारको दाना नभएको शुद्ध प्रमाणीत बीउको प्रयोग गर्ने । नर्सरी ब्याडमा झार आउन नदिने र धान रोप्दा झारको बेर्ना नभएको धानको बेर्ना रोप्ने ।
२. जग्गाको तयारी :
जग्गा खाली भएमा अनुकुलता हेरी खेतलाई समयमा बर्षा आउनु एक महिना अगाडी १०(१५ से.मी. जति तल्लो माटोको सतहलाई माथी र माथीको माटोलाई तल पल्टाउने गरी जोत्ने । यसो गर्दा माटोको तल्लो सतहमा रहेको झारका दाना माथि आउदा घामको तापक्रमले डढी मर्दछ र माथीको झार तल छोपीएर उम्रिन दिदैन । पछि खेत हिल्लाएको समयमा पनि माटोलाई हिल्लाउने र ७(१० दिनसम्म छाडी दिने, यसो गर्दा केही झार उम्रिन पाउदछन् र पछि कल्टिभेटरले (दांते) जोती झारलाई मारिदिने ।
३. हातले गोडमेल :
धान रोपेको १५(३० दिन पभत्र (झारको अवस्था हेरी) पहिलो गोडाई गर्नुपर्दछ । यदि ढिलो भएमा झारले प्रतिस्पर्धामा सजिलै जित्दछ र धानको गांज हाल्ने क्रमलाई असर गरी उत्पादनमा कमि आउदछ । पछि चौडापाते झार धान पोटाउनु अगाडी उखेल्नु पर्दछ ।
४ मेसिनको प्रयोग :
लाईनमा रोपेको धानमा कोनो उइडर वा रोटरी उइडरको प्रयोग गर्ने । खेत हल्का गिलो वा मेसिनलाई छिपछिवे पानी भए मेशिन प्रयोग गर्न सहज हुन्छ ।
५ झार नियन्त्रण :
कृषि मजदुरको कमी, महंगो ज्यालादर र विदेश पलायनको अवस्थामा छोटो समयमा झार नाशक विषादीको प्रयोगले सजिलै संग झार व्यवस्थापन गर्न सकिन्छ तर उल्लेखित झारनाशक विषदीसंग एकचोटी हातले गोडेमा सन्तुलन विधि हुने छ ।
ब्युटाक्लोर
रापनीमा १(१.२५ के.जी. रोपको पाँच दिन भित्रमा प्रयोग गर्नु पर्दछ । खेतमा पानी छिपछिपे (२(५से.मी.) र २४ घण्टासम्म खेतबाट पानी अटाउनुहुदैन । पछि केही चौडापाते झार अएमा उखेल्नु पर्दछ ।
प्रिटिलाक्लोर
१ लिटर प्रति हेक्टर ३(४ एम.एल.प्रति लिटर पानीमा मिसाई धान रोपेको ५ दिन भित्र स्प्रे गर्नु पर्दछ । माटोमा पानी धेरै हुनु हुदैन, हल्का भिजेको माटो राम्रो मानिन्छ ।
२,४(डी
०.५ (०.८ के.जी.ए.आई. प्रति हेक्टर (३(४एम.एल. प्रति लिटर पानीमा) मिसमई ३० दिन भित्र स्े गर्ने ।
नोमिनी गोल्ड
यसले मोथे एवं चौडापात भएको झारपातहरुलाई नियन्त्रण गर्दछ । २(४ पात भएको झारपातमा व्रयोग गर्दा राम्रो हुन्छ । झारपात उम्रेको १० (२० को भित्र यसको प्रयोग गर्नुपर्दछ । झारपातको प्रकोप हेरी २००(३०० एम.एल. ४५० लिटर पानी प्रति हेक्टर आवश्यक हुन्छ । बिषादी प्रयोग गर्दा खेतमा चिस्यान हुनु पर्छ, पानी जमेको हुनु हुदैन ।
झारनाशक विषदी प्रयोगमा ध्यान दिनु पर्ने कुराहरु :
फ्याल्ट फ्यान नोजलको प्रयोगबाट झारनाशक विषादीको स्प्रे गर्ने ।
झारपात नाशक बिषदीको प्रयोग एउटै उचाइ (५० से.मी) समान रुपले गर्नुपर्दछ ।
मौसम सफा हुनु पर्दछ (स्प्रे गरेपछि ५(८घण्टासम्म बर्षा हुनु भएन)
हावा चलेको बेलामा झारनाशक विषदीको प्रयोग नगर्ने
विभिन्न स्थानमा झारका प्रकार फरक हुने भएकोले व्यवस्थापनमा पनि झारको प्रकृति हेरी निर्णय लिने ।
साधारण अवस्थामा खेतमा झारले फुल नफुल्दै उखेलेर हटाई दिनुपर्दछ । एकचोटी झारको बीउ माटोमा झरेमा पर्ण रुपमा हटाउन ७ वर्ष लाग्दछ ।
स्प्रे गर्दा सावधानी अपनाउनु जरुरी छ (बुट माक्स, एप्रोन, टोपी, चस्माको प्रयोग गर्नु पर्दछ) ।