२०८२ माघ २२, बुधबार

पेट्रोल र डिजेलको भाउ बढ्यो

२०८२ असार २, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २ असार/नेपाल आयाल निगमले सोमबार बिहान एक बजेदेखि पेट्रोल र डिजेलको भाउ बढाएको छ।

पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ तथा डिजेल/ मट्टीतेल लिटरमा दुई रूपैयाँ बढाएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४४ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार