२०८२ जेष्ठ ७, मंगलवार

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

२०८१ चैत्र २२, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी २३ चैत/मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो ।

दुर्घटना लगतै स्थानीयले दुवै जनालाई उपचारका लागि रंगेली अस्पताल पठाएका थिए । अस्पतालमै उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुवै जनाको शव पाेष्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार