
उर्लाबारी, १९ वैशाख/भारतको उडिसास्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा फेरि एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्।
विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेको भारतीय मिडियाहरूले जनाएका छन्।
घटनाबारे भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले पुष्टि गरे।
‘छात्रावासको ढोका खोलेर हेर्दा आत्महत्या गरेको अवस्थामा भेटिएको राजदूत शर्माले बताए ।
प्रिशाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो। प्रहरीले बयान लिई शव फरेन्सिक परीक्षणका लागि लगेको र थप अनुसन्धान भइरहेको छ ।
यसअघि गत फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन्।