विर्तामोड, १० जेठ/एक १७ वर्षिया किशोरीलाई करणी गरेको आरोपमा झापा, भद्रपुर नगरपालिका वडा नम्बर ५ का २० वर्षीय शंकर राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई गत असोज २४ गते भद्रपुरको डेग्लो होटलमा राजवंशीले जर्वजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
कनकाई नगरपालिका वडा न. ८ लक्ष्मीपुरमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले राजवंशीलाई नियन्त्रणमा लिएको हो ।





