२०८२ जेष्ठ ७, मंगलवार

भारतले रोक्यो पाकिस्तानतर्फ बग्‍ने चेनाव नदी

२०८२ बैशाख २४, बुधबार
पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ, २४ वैशाख/जम्मुकाश्मिरको पहलगाम घटनापछि उत्पन्न विवादलाई लिएर भारतले पाकिस्तानतर्फ बग्‍ने चेनाव नदीलाई रोकिदिएको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सलाल बाँधको एउटा मात्रै ढोका खोलेर पाकिस्तानर्फ बग्‍ने चेनाव नदीको प्रवाहलाई भारतले रोकिदिएको हो ।

बीजेपी आईटी सेलका प्रमुख अमित मालवीयले सलाल बाँधको गेट बन्‍द गरेको एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘भारतको हितमा कडा फैसला लिनको लागि राजनीतिक इच्छाशक्ति हुनुपर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फैसलामा यो काम गरेर देखाएका छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार