उर्लाबारी, २५ भदौ/नेपाली सेनाले बुधबार सांझसम्म कर्फ्यु जारी गरेको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले अपिल जारी गर्दै सांझ ५ बजेसम्मलाई कर्फ्यु जारी गरिएको रहेको जनाएको छ । यस्तै त्यसपछि बिहीबार बिहान ६ बजेसम्मलाई कर्फ्यू आदेश जारी रहने पनि सेनाले जनाएको छ।
कर्फ्यूको समयमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य नचलाउन पनि सेनाले अनुरोध गरेको छ।
एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनहरूमात्रै सञ्चालन हुन सक्नेछन्।
त्यस्तै सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरूलाई दण्डनीय अपराधका रूपमा कडा कारबाही गर्ने समेत चेतावनी दिएको छ।