२०८३ भाद्र २१, आईतवार

बिजुली विवादले देशकै ठूलो धागो उद्योग प्रभावित

२०८२ कार्तिक १०, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १० कात्तिक/डेडिकेटेड तथा ट्रंक लाइन बिजुली महसुल विवादका कारण देशकै ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्सको उत्पादन पनि प्रभावित भएको छ।

नेपाल विद्युत प्राधिकरणले बक्यौता बिजुली महसुल नतिरेको भन्दै मंगलबार लाइन काटेपछि रिलायन्स उद्योगको उत्पादन प्रभावित भएको हो ।

उद्योगका सञ्चालक पवन गोल्यानका अनुसार  धागो उत्पादन प्रभावित भएपछि दैनिक लाखौं रूपैयाँ बराबर नोक्सान भइरहेको छ ।

रिलायन्स नेपालको सबभन्दा ठूलो धागो उद्योग हो। यसले ठूलो संख्यामा रोजगारी दिनुका साथै मासिक एक अर्ब रूपैयाँभन्दा बढीका सामान निर्यात गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार