२०८२ आश्विन २८, मंगलवार

उर्लाबारीमा ४१ करोडमा वनेको सडक उदघाटन

२०८२ भाद्र ५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ५ भदौ/मोरङको उर्लाबारीमा ४१ करोड ३१ लाख  ५३ हजार ८३१ रुपैया लागतमा निर्माण गरिएको पीच सडक उदघाटन गरिएको छ ।

उर्लाबारी-३ को कृष्ण चोकदेखि उर्लाबारी-२ को सुनझोडासम्म पुग्ने पांच हजार २७६ मिटर पीच सडक उदघाटन गरिएको हो ।

विश्व वैंकको ऋण सहयोगमा शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुएसआईपी) ले यो सडकमा २०७९ फागुन २१ गते पीच गर्न थालेको थियो । पीच गर्ने ठेक्का तुम्रोक कन्स्ट्रक्सन पाएको थियो ।

उर्लाबारी नगरपालिकाले बिहीबार एक कार्यक्रमबीच यो सडक उदघाटन गरेको हो ।

नगर प्रमुख गंगा खरेलको अध्यक्षतामा भएको कार्यक्रमका  वक्ताहरुले सडक सामाजिक तथा आर्थिकरुपले महत्वपुर्ण रहेको विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा उपमेयर मिना खतिवडा, पूर्व मेयर खड्ग फागो, पूर्व उपमेयर लक्ष्मी भण्डारी, कांग्रेस नगर सभापति सुरेन लिम्बु, उर्लाबारी-२ का वडाध्यक्ष राजन कंडेल, उर्लाबारी-३ का वडाध्यक्ष भिष्म वुढाथोकी, निर्माण व्यवसायी अर्जुन तुम्रोक, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्तालगायतले वोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार