२०८२ आश्विन २८, मंगलवार

रेडस्टारको स्वागत कार्यक्रम

२०८२ भाद्र १३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

पथरी, १३ भदौ/मोरङको पथरीशनिश्चरे-५ स्थित रेडस्टार अंग्रेजी आवासिय माध्यमिक विद्यालय र ऋतम्भरा वहुमूखी क्याम्पसले शुक्रबार स्वागत कार्यक्रम आयोजना गरेको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल टिएन तिम्सिनाको अध्यक्षता र कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई समेत निमन्त्रणा गरिएको थियो ।

महानायक  हमालले मुलुकलाई परिवर्तन गर्न युवा वर्गले आफ्नो समय र सीपलाई विदेश भन्दा स्वदेश नै रोज्नु पर्ने वताए ।

युवाहरु विदेश मात्र पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै महानायक  हमालले नेपालमा पनि थुप्रै सम्भावना र अवसरहरु रहेको धारणा राखे ।

कक्षा ११ र विविएस प्रथम वर्षलाई स्वागत गर्न आयोजित कार्यक्रममा थुप्रै गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार