उर्लाबारी, ९ जेठ/बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर शुक्रबार विहान १ बजेर ४८ मिनेट जाँदा भूकम्प गएको छ ।
भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
मस्त निद्रामा परेका बेला आएको भुकम्पको धक्काले मानिसहरुलाई असहज तुल्याएको थियो ।
भूकम्पको क्षतिको विवरण आउन बांकी छ ।





