२०८२ कार्तिक ३०, शनिबार

सांसद विद्या अस्पतालबाट डिस्चार्ज, छलफलद्वारा मिलापत्र गरिने प्रहरीको भनाई

२०८२ जेष्ठ ७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ६ जेठ/सडक दुर्घटनामा परी घाइते भएकी प्रदेश सांसद विद्या चाम्लिङ अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोशी प्रदेशको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिन सोमबार विराटनगरतर्फ जांदै गर्दा मोरङको कानेपोखरीमा विपरित दिशाबाट आइरहेको बा ५ च ३५३० नम्बरको कारले ठक्कर दिंदा विद्यासहित चार सांसद घाइते भएका थिए । तीमध्ये अलि वढी घाइते भएकी सांसद विद्यालाई उपचारार्थ उर्लाबारी-५ स्थित अरनिको अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य उपचार गराउंदा दुईवटा करङ भांच्चिएको र अलिअलि रगत जमेको पाइएपछि घरमै आराम गरेर उपचार गर्न भनी अस्पतालले डिस्चार्ज गरेको हो ।

उता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक नारायण चिमोरियाले दुर्घटनाको विषयमा प्राविधिक अनुसन्धान भइरहेको तर कसैलाई पनि नियन्त्रणमा नलिइएको बताए ।

दुर्घटना सामान्य भएको र सबै घाइते खतरामुक्त भएकोले दुवै चालकलाई नियन्त्रणमा लिन आवश्यक नभएको उनको भनाई छ । दुवै पक्षलाई छलफलमा वोलाएर मिलापत्र गरिने प्रहरी उपरिक्षक चिमोरियाले वताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार