२०८१ चैत्र १०, सोमबार

सप्तकोशीले घोषणा गर्यो २१ लाख २० हजारको छात्रवृत्ती

२०८१ फाल्गुन १७, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १७ फागुन/मोरङको उर्लाबारीस्थित सप्तकोशी अंग्रेजी आवासीय माध्यमिक विद्यालयले शनिबार २१ लख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ती घोषणा गरेको छ ।

विद्यालयको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा घोषणा गरिएको उक्त छात्रवृत्ती आगामी वैशाख महिनामा वितरण गरिने विद्यालयका संस्थापक प्रिन्सीपल लेखनाथ भट्टराईले जानकारी दिए ।

विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत घोषणा गरिएको छात्रवृत्ती अति विपन्न, सर्वोकृष्ठ दलीत, जनजाति, मधेशी, अल्पसंख्यक, अपाङ्गता भएका, सर्वोत्कृष्ठ अंक ल्याउने, शिक्षक र कर्मचारीका छोराछोरीलाई प्रदान गरिने उनले बताए ।

कुल एक सय ११ जनालाई प्रदान गरिने छात्रवृत्ती भविष्यमा पनि निरन्तरता दिने संस्थापक प्रिन्सीपल भट्टराईले बताए ।

सोही अवसरमा कक्षा १२ व्यवस्थापन विषयकी छात्रा अंशु खरेल, विज्ञान विषयका छात्र विनयकुमार चेम्जोङ र एसईई परीक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने स्मृति मिश्रलाई पनि जनही १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी अभिभावक प्रभुनाथ ढुंगाना, वर्ष शिक्षक मिना थापा मगर र रमा खतिवडालाई पनि सम्मान गरियो ।

अभिभावक ढुंगानालार्ई दोसल्ला ओढाएर सम्मान गरियो भने मगर र खतिवडालाई जनही नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

संस्थापक प्रिन्सीपल भट्टराईको अध्यक्षता र उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष वैजयन्ती मिश्रले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
त्यस अवसरमा विद्यालयका छात्र छात्राहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार