२०८३ आश्विन ११, आईतवार

विवादमा परेपछि भन्सार अधिकृत भट्टको सरुवा

२०८३ आश्विन १०, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १० असोज/कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ ।

भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच भएको विवादका विषयमा सार्वजनिक भएका विवरणमाथि थप बुझ्नुपर्ने भन्दै भन्सार विभागले भट्टलाई विभागमा हाजिर हुन पत्राचार गरेको हो ।भन्सार विभागका अनुसार, भट्टलाई हालको जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन भनिएको छ ।

भट्ट र एसपी केसीबीच भएको विवाद उत्पन्न सम्बन्धमा विभिन्न विवरण सार्वजनिक भएका थिए । त्यसबारे थप तथ्य बुझ्नुपर्ने आवश्यकता देखिएपछि विभागले भट्टलाई विभागमा बोलाएको जनाएको छ ।

+ posts

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार